०६ साउन २०८३, बुधबार

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

फागुन २३, २०८१
काठमाडौं
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

महोत्तरी र सिराहामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । 

महोत्तरी, पिपरा गाउँपालिका-६ रतौलीस्थित शिव इँटा उद्योगमा काम गर्ने भारतको साहाजातपुर ग्राम छारा पोष्ट प्वाया बस्ने सुरज पालकी छोरी ३ वर्षीया सैजल पालको पोखरीमा डुबेरमा मृत्यु भएको हो ।

सोही उद्योगमा रहेको पानीको खाल्डोमा डुबेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, सिराहाको लहान नगरपालिका-१० स्थित प्राविधिक शिक्षालयको ग्राउण्डभित्र रहेको पोखरीमा डुबेर अर्की एक बालिकाको मृत्यु भएको छ ।

सिरहा नगरपालिका-२१ लकडिगोठ घर भएका ५६ वर्षीय देव नारायण मण्डलकी नातिनी ३ वर्षीया पृषा मण्डलको मृत्यु भएको हो । 

बिहीबार दिउँसो डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्