१३ असार २०८३, शनिबार

कर्णाली सरकार मातहतका कर्मचारी अब विषयगत रूपमा मात्रै विदेश जान पाउने

फागुन २४, २०८१
सुर्खेत
कर्णाली सरकार मातहतका कर्मचारी अब विषयगत रूपमा मात्रै विदेश जान पाउने

कर्णाली प्रदेश सरकार मातहतका कर्मचारी अब विषयगत रूपमा मात्रै विदेश जान पाउने भएका छन् ।

मुख्यमन्त्री यमलाल कँडेलले विषयगतबाहेक अन्य कर्मचारीलाई जान रोक लगाएका हुन ।

सुशासन कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । 

'अन्य कर्मचारीको हकमा होइन । हामी मातहतका कर्मचारीका हकमा अब विषयगत कर्मचारी मात्रै विदेश भ्रमणमा जानेछन्,' मुख्यमन्त्री कँडेलले भने, 'सुशासन कायम गर्न प्रदेश सरकार प्रतिबद्ध छ । प्रदेश सरकारका कर्मचारी प्रदेश सरकारप्रति जवाफदेही छन् र हुनुपर्छ ।'

यसअघि कर्णालीमा विदेश भ्रमणमा मनलाग्दी–विषयविज्ञ पठाउनुपर्ने ठाउँमा आफूनिकट कर्मचारी ! शीर्षकको समाचार लोकान्तरमा प्रकाशित भएको थियो । 

समाचार प्रकाशित भएपछि मुख्यमन्त्री कँडेलले विषयतरूपमा मात्रै कर्मचारी विदेश जान पाउने निर्णय गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्