०६ साउन २०८३, बुधबार

अमेरिकामा १५ वर्षपछि पहिलो पटक यसरी मृत्युदण्ड दिइयो

फागुन २४, २०८१
काठमाडौं
अमेरिकामा १५ वर्षपछि पहिलो पटक यसरी मृत्युदण्ड दिइयो

अमेरिकाको साउथ क्यारोलिनाका एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ । आफ्नी पूर्व प्रेमिकाका अभिभावकको हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्डको सजाय सुनाइएको बीबीसीले जनाएको छ । 

सिग्मोनलाई शुक्रबार फायरिङ स्क्वाडले गोली हानेको थियो। विगत १५ वर्षमा फायरिङ स्क्वाडले कसैको हत्या गरेको यो पहिलो पटक हो।

६७ वर्षीय सिग्मोनले सन् २००१ मा आफ्नो पूर्व प्रेमिकाका आमाबुवालाई अपहरण गरेर बेसबल ब्याटले हानेर हत्या गरेका थिए। ब्राड सिग्मनले उनलाई फायरिङ स्क्वाडद्वारा मार्ने अनुरोध गरेका थिए ।

अमेरिकामा मृत्युदण्डको सजाय पाएका व्यक्तिलाई आफ्नो मृत्यु रोज्न तीनवटा विकल्प दिइन्छ । पहिलो घातक इंजेक्शन, दोस्रो इलेक्ट्रिक कुर्सी र तेस्रो, फायरिङ स्क्वाड।

salt training

कमेन्ट गर्नुहोस्