
ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिएका छन् । शुक्रबार साँझ ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुति दिएका हुन् ।
उनी विश्वकै उत्कृष्ट डिजे र्याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन् । विश्वभरमा सय जना उत्कृष्ट डीजे रहने गरेका छन् ।
डीजे एलोक क्लबमा प्रस्तुति दिन विमान चार्टड गरेर आएका थिए । उनको नेपालमा मात्र नभई भारतमा शो रहेकाले चार्टड गरेर आएका थिए ।
उनी रातको साढे १२ बजे स्टेजमा उक्लिएका थिए । उनी प्रवेशसँगै क्लबको लाइटले घेरिए ।
क्लबले पहिलोपटक यो स्तरको कलाकार ल्याएको निर्देशक भुपेन कुँवरले बताए । 'पहिलोपटक कलाकार आफैँ विमान चार्टड गरेर आएका हुन्,' उनले भने,' डीजे एलोकको प्रस्तुति हेर्न दर्शकहरू उल्लेखीय मात्रामा थिए ।'
आगामी दिनमा पनि थुप्रै अन्तर्राष्ट्रिय स्तरका कलाकार ल्याउने योजना रहेको कुँवरको भनाइ छ । क्लबले डान्स फ्लोरको २ हजार र भीआइपीको ३ हजार रुपैयाँ राखेको थियो ।
यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इण्डियन आइडल पवनदीपलगायत कलाकारले प्रस्तुति दिइसकेका छन् ।
त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।
एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९,५२ र ५० औँ स्थानमा परिसकेको क्लब हो ।