०६ साउन २०८३, बुधबार

काठमाडौंमा भूकम्पको धक्का महसुस

फागुन २४, २०८१
काठमाडौं
काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो दुई बजेर ३६ मिनेटमा उपत्यकाका भूकम्पको धक्का महसुस भएको हो ।

चीनको तिब्बतको सिगात्से केन्द्रविन्दु भएर दिउँसो २:३५ मा ५.९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको महसुस काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा महसुस गरिएको छ । 

साथै, भारत, बंगलादेश र भुटानका केही क्षेत्रमा पनि यो भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । 

यसअघि शनिबार बिहान बागलुङ र म्याग्दी केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ६ बजेर २० मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु स्थानीय खुखानी भन्ने स्थान रहेको केन्द्रको भनाइ छ । 

केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर पनि ४ म्याग्निच्युडको भूकम्प गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्