१० साउन २०८३, आइतबार

यामाहा नेपालद्वारा डब्लूआर १५५आर मोटरसाइकल सार्वजनिक

फागुन २४, २०८१
काठमाडौं
यामाहा नेपालद्वारा डब्लूआर १५५आर मोटरसाइकल सार्वजनिक

यामाहा नेपालले अन-रोड र अफ-रोड एडभेन्चरका लागि डिजाइन गरिएको बहुप्रतिक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लूआर १५५आर (WR 155R) आधिकारिक रूपमा सार्वजनिक गरेको छ। 

धुलिखेलको डर्ट टेम्पलमा आयोजित उत्साहले भरिपूर्ण लन्च कार्यक्रमले एडभेन्चर उत्साही र यामाहा ग्राहकहरूलाई विशेष डर्ट ट्र्याक अनुभव दिलाएको थियो।

कार्यक्रमकै दौरान यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले एकमुष्ट साँचो हस्तान्तरण समारोहमा डब्लूआर १५५आरका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरे । 

राइडरहरूको अनुभवलाई अझ बढाउन यामाहाले सबै सहभागीलाई आवश्यक अफ-रोड सवारीप्रविधिसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान गरेको छ । तालिमपछि सवारहरूले ओपन डर्टट्र्याकमा डब्लूआर १५५आरको क्षमताको पूर्ण अनुभव लिँदै रियल वर्ल्ड कण्डिसनमा आफ्नो सीप परीक्षण गर्ने अवसर समेत पाएका थिए।

यामाहा डब्लूआर १५५आर : बियोन्ड हिमालय
डब्लूआर १५५आर यामाहाको डुअल-पर्पोज सेगमेन्टमा नवीनतम अफर होजुन रोड पर्फर्मेन्समा सम्झौता नगरी अफ-रोडसवारीको रोमाञ्च खोज्नेहरूका लागि भनेर डिजाइन गरिएको छ। यसमा निम्न प्रकारका मुख्य सुविधाहरू समावेश छन्:

शक्तिशाली १५५cc लिक्विड-कूल्ड, VVA इन्जिन – यामाहाको उन्नत प्रविधिबाट तयार सबै भूभागहरूमा उत्कृष्ट पावर डेलिभरी सुनिश्चित गर्दछ।

हल्का तौल र टिकाउ फ्रेम - अफ-रोड ट्रेलहरूमा उत्कृष्ट गतिशीलता र सहनशीलताको लागि डिजाइन गरिएको छ ।

लङ ट्राभल सस्पेन्सन – उच्चकोटीको स्थिरता र नियन्त्रणका लागि टेलिस्कोपिक फ्रन्ट फोर्करलिंक-टाइप रियर सस्पेन्सनले सुसज्जित।

२४५ मिमि उच्च ग्राउन्ड क्लियरेन्स र ठूलो २१-इन्च फ्रन्ट ह्वील – चरम भूभाग र अवरोधहरू सजिलै सँग सामना गर्नको लागि उत्तम।

उत्कृष्ट ब्रेकिङ प्रणाली – अगाडि र पछाडिको डिस्कब्रेकले चुनौतीपूर्ण परिस्थितिहरूमा पनि अधिकतम रोक्ने शक्ति सुनिश्चित गर्दछ।

null

डब्लूआर १५५आर केवल एक मोटरसाइकल मात्र नभई नयाँ भूभाग जित्ने र पहिले कहिल्यै नभएको स्वतन्त्रताको अनुभव गर्ने निमन्त्रणा रहेको कम्पनीको भनाइ छ ।

एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपाल, नेपालको एक अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो । यो आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति प्रतिबद्धताका लागि प्रसिद्ध रहेको छ । 

नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादन र असाधारण आफ्टर सेल्स सर्भिसको साथमा बजारको नेतृत्व गर्दै आएको बताएको छ । ​

डब्लूआर १५५आर अब नेपालका यामाहा शोरूमहरूमा उपलब्ध छ र यो “बियोन्ड  हिमालय” जान साहस गर्नेहरूका लागि तयार छ।
 

salt training

कमेन्ट गर्नुहोस्