२७ असार २०८३, शनिबार

एमालेलाई बलियो बनाउन जरा अभियान सञ्चालन : शंकर पोखरेल

फागुन २४, २०८१
बाँके
एमालेलाई बलियो बनाउन जरा अभियान सञ्चालन : शंकर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमालेलाई बलियो बनाउनका लागि वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिएको बताएका छन् । 

नेकपा (एमाले)स्थानीय विकास विभागले शनिबार नेपालगञ्जमा आयोजना गरेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट प्रत्यासी उम्मेदवारलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रममा उनले जरा केन्द्रित अभियान र मिसन– ०८४ ले एमालेलाई अझ सशक्त शक्तिका रूपमा स्थापित गर्ने बताए ।

महासचिव पोखरेलले नेकपा एमालेलाई निर्णायक शक्ति निर्माण गर्ने यात्रामा स्थानीय तहका पूर्वजनप्रतिनिधिका साथै युवा वर्गको योगदान हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । 

सुदृढ राजनीतिक दलबाट नै राष्ट्र निर्माण हुने उनको तर्क छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो दल क्रियाशील रहेको पोखरेलले बताए । ।     
 

salt training

कमेन्ट गर्नुहोस्