०९ असार २०८३, मंगलबार

मधेसवादी दल अवसरवादको दलदलमा फस्न हुँदैनः अध्यक्ष दाहाल

फागुन २४, २०८१
रौतहट
मधेसवादी दल अवसरवादको दलदलमा फस्न हुँदैनः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी दलहरू अवसरवादको दलदलमा फस्न नहुने धारणा राखेका छन् । 

आज पार्टीको तराई–मधेस जागरण अभियानअन्तर्गत रौतहटको लौकाहामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मधेस केन्द्रित दलहरू अवसरवादतर्फ लागेकाले मधेसी जनताको विश्वास कम हुँदै गएको विचार व्यक्त गरे । उनले राजनीतिक दलले जनताप्रतिको जिम्मेवारी बिर्संन नहुने बताए । 

मधेसी जनताको समस्या बुझ्नका लागि हुलाकी मार्गको प्रयोग गरेको उनले बताए । यात्राका क्रममा मधेसी जनताको कतै सिँचाइको समस्या, कतै बाटाघाटाको समस्या, शिक्षा तथा विभिन्न विकासमा समस्या देखेको जनाउँदै ती समस्याको समाधान गर्न माओवादी दृढ भएर लागिपर्ने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्