२१ असार २०८३, आइतबार
मौसम पूर्वानुमान

वर्षा गराउने नयाँ प्रणाली भित्रिँदै, देशका यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फागुन २५, २०८१
काठमाडौं
वर्षा गराउने नयाँ प्रणाली भित्रिँदै, देशका यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाल कोशी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति कोशी र वाग्मती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यसअघि गएराति काठमाडौं उपत्यका र आसपासका जिल्लामा छिटपुट वर्षा भएको  थियो ।

सोमबारदेखि वर्षा र हिमपात गराउने नयाँ प्रणाली भित्रिने महाशाखाको पूर्वानुमान छ । महाशाखाकाअनुसार पश्चिमी भेगबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भू-भागसम्म बदली गराउने सम्भावना छ ।

जसले सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात गराउने तथा बाँकी भू-भागको पनि केही ठाउँमा वर्षासहित हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । 

हिजो बेलुका काठमाडौं उपत्यकामा छिटपुट वर्षा भयो भने इलाम, झापा, खोटाङ, सोलुखुम्बु, दोलखालगायत जिल्लामा वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ ।

आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १/२ ठाउँमा हल्का हिमपात तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका १/२ ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्