
रुसी आक्रमणमा परी युक्रेनमा कम्तिमा पनि २५ जना मारिएका छन् । आक्रमणबाट खार्किव र ओडेसासहित अन्य क्षेत्रमा घर तथा भवन संरचना ध्वस्त पारिएका छन् ।
अमेरिकाले युक्रेनलाई सैन्य सहायता र खुफिया जानकारी दिन रोक लगाएपछि रुसी आक्रमण तीब्र बन्दै गएको हो ।
ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्कीपछि अमेरिकाले सैन्य सहायता रोक लगाएको छ ।