०८ असार २०८३, सोमबार

हुम्लाका महिलाले देउडा खेलेर मनाए नारी दिवस

फागुन २५, २०८१
हुम्ला
हुम्लाका महिलाले देउडा खेलेर मनाए नारी दिवस
फाइल तस्वीर

हुम्लाका महिलाले देउडा खेलेर एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाएका छन् । अदानचुली गाउँपालिकाद्वारा  दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा वक्तृत्वकला प्रतियोगितासहित देउडा खेल पनि खेलाएको थियो ।

‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’  भन्ने नारासहित गाउँपालिकाका छवटै वडाका महिला ‘प्लेकार्ड’सहित र्यालीमा सहभागी भएका थिए । 

सहभागीले महिलामाथि हुने हिंसा र विभेदविरुद्धका अन्त्य गर्नुपर्ने मागका ‘प्लेकार्ड’ र ‘ब्यानर’ बोकेका थिए ।  महिला अधिकारकर्मी तारा चन्दले महिलामाथि हुने हिंसा र विभेद अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो औल्याएकी थिइन् । 

‘मर्यादित महिनावारी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा वडा नं ५ की केशरी ऐडी प्रथम भइन् भने मिठाई खेलमा २ नं वडाकी फागुनी बुढाले जित हात पारिन् । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कर्ण रोकायाले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको  अन्त्य गर्न पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्