१४ असार २०८३, आइतबार

तारिख बुझ्न कास्की पुगे रवि

फागुन २५, २०८१
काठमाडौं
तारिख बुझ्न कास्की पुगे रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्न आज कास्की पुगेका छन् ।

कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन लामिछाने कास्की पुगेको उनको सचिवालयले जनाएको छ । 

यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । रवि सोमबार रूपन्देहीमा पनि जाने छन् । 

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने एक करोड धरौटीमा रिहा भएका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्