२० असार २०८३, शनिबार

गृहमन्त्री लेखकले गरे आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

फागुन २५, २०८१
सुर्खेत
गृहमन्त्री लेखकले गरे आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

गृहमन्त्री रमेश लेखकले प्रादेशिक आपतकालीन गोदामघर कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् । आइतबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गोदामघर हस्तान्तरण गरेका हुन् । 

गोदामघर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण पनि संघीयता कार्यान्वयनको एक पाइला भएको बताए । 

आवश्यक परेको खण्डमा गोदामघरका सामग्री प्रदेशले प्रयोग गर्न सक्ने बताए । 'हामी विपद्‌को जोखिममा छौं । जुनसुके बेला भूकम्प आउन सक्छ । २४सैं घण्टा तयारी अवस्थामा रहनु पर्ने हुन्छ,' उनले भने, 'सातै प्रदेशमा गोदामघर छन् । गोदामबाट कम्बल झिक्नुपरे काठमाडौं सोध्नु पर्ने अवस्था थियो, अब प्रदेश सरकारले आवश्यक परेको समयमा सामान झिक्नेदेखि थप गर्न सक्ने छ ।'

null

उनले जाजरकोट भूकम्पको क्षतिको पूर्ण विवरण हालसम्म पनि यकिन गर्न नसकिएको बताए । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गोदामघर हस्तान्तरण गरेकोमा धन्यवाद दिए । उनले गोदामघर पाउनै सात वर्ष लागेको स्मरण गरे । 

घर हस्तान्तरण भए पनि सम्बन्धित निकाय संघमै रहेको उनले बताए । 'घर सन्चालन गर्ने निकाय संघ मै रहँदा कसरी संचालन गर्ने होला ?,' उनले भने, 'संघीय सरकारसँगै कानुन पालक रहेको छ । यहाँहरूले गम्भीरतापूर्वक छलफल शुरू गराउनुस्, अधिकार प्रयोग गर्ने वातावरण बनाई दिनुस् ।'

null

उनले भौतिक संरचना हस्तान्तरणसँगै कार्यान्वयन गर्ने निकाय पनि हस्तान्तरण गरे काम गर्न सजिलो हुने बताए । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भिष्ककुमार भुसालले देशभरीमा १२ वटा आपतकालीन गोदाम घर रहेको जानकारी दिए । 

नागरिकलाई आपत परेको बेला तत्काल उद्वार गर्ने मुख्य योजनाअनुसार केन्द्रलाइ प्रदेश सरकार समक्ष हस्तान्तरण गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्