करेन्ट लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका-१ देउराली बस्ने ६० वर्षीय सोबितमान खड्काको मृत्यु भएको हो ।
सोही ठाउँस्थित विद्युतको पोलमा लगाएको स्ट्याण्ड तारबाट करेन्ट लागेर शनिबार बेलुकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।