![काठमाडौं फर्किए पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलबाहिर बाजागाजासहित स्वागत [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Gyanendra_Shah_in_ktm_gkKJoMa4xh.jpg)
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपरान्ह काठमाडौं फर्केका छन् ।
निजी भ्रमणका सिलसिलामा पोखरा र पश्चिम नेपालमा गएका ज्ञानेन्द्र आइतबार दिउँसो काठमाडौं फर्केका हुन् । पूर्वराजा शाहको स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरू विमानस्थल बाहिर पुगेका थिए ।
सुरक्षाका कारण विमानस्थल भित्र प्रवेश गर्न नदिइएपछि लिङ्देन, दुर्गा प्रसाईं लगायत विमानस्थल बाहिर नै बसेका थिए । विमानस्थल बाहिर पञ्चेबाजासहित समर्थकले समर्थन गरेका थिए ।

विमानस्थलबाट पूर्वराजा शाह महाराजगञ्जस्थित निर्मल निवास जाँदैछन् । स्वागतमा उपस्थितहरूले राजतन्त्रको पक्षमा चर्को नाराबाजी गरेका थिए । पूर्वराजा शाहको स्वागतका लागि उल्लेख्य मात्रामा राजतन्त्र समर्थक उपस्थित थिए ।






