२३ असार २०८३, मंगलबार

तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

फागुन २६, २०८१
काठमाडौं
तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । 

आज राति गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्