०४ साउन २०८३, सोमबार

इजरायलले गर्‍यो गाजामा बिजुली आपूर्ति बन्द

फागुन २६, २०८१
काठमाडौं
इजरायलले गर्‍यो गाजामा बिजुली आपूर्ति बन्द
फाइल तस्वीर

इजरायलले गाजामा तत्काल बिजुली आपूर्ति बन्द गर्ने बताएको छ। 

बाँकी बन्धकको रिहाइका लागि दबाब दिन इजरायलले गाजामा बिजुली बनद गरेको बताइएको छ । 

देशका ऊर्जामन्त्री एली कोहेनले इजरायल विद्युत निगमलाई उक्त क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको बताए । 'मैले गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति काट्ने आदेशमा हस्ताक्षर गरेको छु। हामी बन्धकहरूको रिहाइ र गाजाबाट हमासको उन्मूलन सुनिश्चित गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौं।'

गत हप्ता, इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारी साधनहरूको बाटो अवरुद्ध गरेको थियो । उनले अब पानी आपूर्ति बन्द गर्नेबारे पनि सोचिरहेको बताए।
 

salt training

कमेन्ट गर्नुहोस्