०८ साउन २०८३, शुक्रबार

अमेरिकाको दाबी- रुससँग युद्धविराम गर्न युक्रेन तयार छ

फागुन २६, २०८१
काठमाडौं
अमेरिकाको दाबी- रुससँग युद्धविराम गर्न युक्रेन तयार छ

रुससँग युद्धविराम गर्न युक्रेन तयार भएको अमेरिकी अधिकारीले दाबी गरेका छन् । रुससँग युद्धविरामका लागि युक्रेनी नेतृत्व तयार रहेको ट्रम्प प्रशासनले जनाएको छ । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी समकक्षहरूसँग वार्ता गर्न मंगलबार साउदी अरेबिया पुग्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई रुससँगको युद्धविरामको मागलाई स्वीकार गर्न निरन्तर दबाब दिइरहेका छन् । तर ट्रम्पले युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीको तत्काल कुनै वाचा गरेका छैनन्।

१० दिनअघि अमेरिकी ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्को बहस भएको थियो । ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएको दाबी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्