२१ असार २०८३, आइतबार

सरकार सञ्चालनमा कुनै समस्या छैन : देउवा

फागुन २६, २०८१
काठमाडौं
सरकार सञ्चालनमा कुनै समस्या छैन : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे । 

अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए । उनले भने, 'कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।'

कांग्रेस सभापति देउवासहितका नेताहरू पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्