०८ असार २०८३, सोमबार

बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

फागुन २६, २०८१
काठमाडौं
बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र सिन्धुली दुधौली नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरे रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर, ललितपुर महानगरपालिका-५ भनिमण्डलबाट र सुरेन्द्रलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो । 

पक्राउमध्ये सुनिललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी र सुरेन्द्रलाई प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्