०३ असार २०८३, बुधबार

अछाममा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु

फागुन २६, २०८१
अछाम
अछाममा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु

अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । 

मङ्गलसेन नगरपालिका–९ ओलीगाउँको रातोमाटेमा सोमबार दिउँसो माटोको ढिस्कोमा परी सोही नगरपालिका–८ सुतुडा निवासी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनिता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । 

घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्