१४ असार २०८३, आइतबार

घर निर्माणका क्रममा पिल्लर ढल्दा एक बालकको मृत्यु

फागुन २७, २०८१
सुनसरी
घर निर्माणका क्रममा पिल्लर ढल्दा एक बालकको मृत्यु

सुनसरीको गढी गाउँपालिका–५ मा घर निर्माणका क्रममा पिल्लर ढल्दा घाइते भएका एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय हारुन साफीका १४ महिनाका छोरा अरमान साफी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए ।

पिल्लर ढल्दा घाइते भएका बालकको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । 

बालकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्