०५ साउन २०८३, मंगलबार

राप्रपा नेपालद्वारा ४ बुँदे निर्णय

फागुन २७, २०८१
काठमाडौं
राप्रपा नेपालद्वारा ४ बुँदे निर्णय

 राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ४ बुँदे निर्णय गरेको छ । 

बैठकले  देशलाई संकटबाट मुक्त तुल्याउन पूर्वराजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेका निष्कर्ष निकालेको छ । 

त्यसको ज्वलन्त र जीवन्त उदाहरण फागुन २५ गते काठमाडौँमा देखा परेको वृहत् जनप्रदर्शन भएको पार्टीको ठहर छ ।

 उक्त जनप्रदर्शनले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना हुने सुस्पष्ट संकेत गरेको  बैठक पछि पार्टीका महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

बिज्ञप्तिमा जनताको यो आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढङ्गबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरूको काँधमा आएको भन्दै जनताले यथास्थितिमा परिवर्तन खोजेको तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहाना भएको समेत जनाइएको छ ।

सर्वपक्षीय सहमतिको आधारमा सबै बिचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु नहुने भन्दै पार्टीले  जनताको चाहाना र भावनालाई दमन गर्ने, वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रण भन्दा बाहिर गई  अप्रिय दुर्घटना हुने समेत जनाइएको छ ।  यसतर्फ सचेत रहन सबै राजनीतिक दलहरूलाई राप्रपा नेपाल आग्रह गर्दछ विज्ञप्तिमा भनिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्