१३ असार २०८३, शनिबार

जीपको ठक्करबाट कोहलपुरमा एक वृद्धको मृत्यु

चैत १, २०८१
नेपालगञ्ज
जीपको ठक्करबाट कोहलपुरमा एक वृद्धको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुरमा जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।     
     
जीपको ठक्करबाट शुक्रबार कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए । 

सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र २०३ ००१ च ३९९२ नं जीपले ठक्कर दिएको हो । 

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्