१५ असार २०८३, सोमबार

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दाङमा एक जना पक्राउ

चैत १, २०८१
दाङ
नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दाङमा एक जना पक्राउ

दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरमा नियन्त्रित लागूऔषध ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् । 

सूर्योदय टोल बस्ने २२ वर्षीय सन्तोष डाँगीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५० रूपैयाँ र मोबाइल ४ थानसहित शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्