०६ साउन २०८३, बुधबार

पूर्वविशिष्टलाई सुविधाको तयारी छैन, हल्लाको पछि नलागौं : उपप्रधानमन्त्री सिंह

चैत १, २०८१
काठमाडौं
पूर्वविशिष्टलाई सुविधाको तयारी छैन, हल्लाको पछि नलागौं : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।  

नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रस्ट पारे । 

यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उनको भनाइ छ । ‘०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याउनुभएको थियो’, उनले भने, ‘अहिले त्यस्तै प्रकृतिको कानून निर्माणमा सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी गरेको छैन ।’ 

अहिले सरकारकाविरूद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइएको भन्दै यथार्थ बुझ्नुपर्नेमा उपप्रधानमन्त्री सिंहले जोड दिए । हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्नेतर्फ पनि उनले ध्यानाकर्षण गराए । 

त्यस्तै, उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त भएको भन्दै कसैले किस्तीमा राखेर नदिएको  बताए । प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको सिंहले बताए । 

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले आउँदा चुनौती सामना गर्न एकताबद्ध कांग्रेस बनाउनुपर्नेमा जोड दिए । ‘कांग्रेसलाई केन्द्रमा राखेर काम गर्नुपर्‍यो । यो गुट त्यो गुट होइन, एकताबद्ध बलियो कांग्रेस बनाउन लागौं’, उनले भने, ‘कांग्रेसको मूल चुनौती नै पार्टी व्यवस्थापन हो । पार्टीलाई केन्द्रमा राखेर सबैले काम गरौं ।’

salt training

कमेन्ट गर्नुहोस्