१२ साउन २०८३, मंगलबार

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको जवाफ- तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको हो

चैत १, २०८१
काठमाडौं
प्रचण्डलाई ज्ञानेन्द्र शाहीको जवाफ- तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संगीन आरोप लगाएपछि राप्रपा सचेतक ज्ञानेन्द्र शाही प्रतिवादमा उत्रिएका छन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार आयोजित कार्यक्रममा प्रचण्डलेवंश विनाश गर्नेहरूले राजा बन्ने धाक देखाएको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई खबरदारी गरेका थिए । 

त्यसको केही घण्टापछि जवाफ फर्काउँदै राप्रपा सचेतक शाहीले विदेशीको इसारामा प्रचण्ड र तत्कालीन सरकारको मिलेर वीरेन्द्रको वंशनाश गरेको बताएका छन् । 

‘सिधा भाषामा भन्दा विदेशीको इसारामा  प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्‍यो। तर, यस्तै भड्किला झुटा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्’, शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

शाहीले दरबार हत्याकाण्डको सबैभन्दा बढी फाइदा प्रचण्डलाई नै भएको पनि बताएका छन् । साथै, शाहीले प्रचण्डमाथि गम्भीर आरोप छेडेका छन् । 

‘प्रचण्डजी २०५२ सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईंले उठायो ? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईंलाई भयो  ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो तपाईंले  प्राप्त गर्नु भयो ?  राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16, Ak 47, LMG, SMG, SLR जस्ता आधुनिक  हतियार कसले लियो तपाईंले लिनुभयो ? मोबाइल फोन नभएको समयमा स्याटालाइट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? तपाईंलाई’, शाहीले लेखेका छन् ।

भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी प्रचण्डले नै मारेको शाहीको भनाइ छ । निहत्था नागरिकलाई बाटोबाटोमा बम थाप्दै कसले हत्या गरिएको उनको टिप्पणी छ । 

‘विदेशीको इशारामा मन्दिरका, गुम्बाका  पुजारी, लामालाई कसले घाँटी रेट्यो ?  तपाईंले रेट्यो । ३३ किलो सुन तस्कर कसले गर्‍यो ? तपाईंले गर्‍यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्‍यो ?  तपाईंले गर्‍यो’, शाहीले लेखेका छन् ।
 

 

salt training

कमेन्ट गर्नुहोस्