३२ असार २०८३, बिहीबार

‘महामूर्ख’ बने मधेशका मुख्यमन्त्री सिंह

चैत १, २०८१
काठमाडौं
‘महामूर्ख’ बने मधेशका मुख्यमन्त्री सिंह

यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ ।

होली पर्वका अवसरमा जनकपुरधाममा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन शुक्रबार मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि प्रदान गरिएको हो ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरूको प्रशंसा गर्दै उनलाई ठट्टास्वरूप महामूर्खको उपाधि प्रदान गरिएको हो । 

होलीका अवसरमा मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुका साथै कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको छ । 

होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम २०६१ सालदेखि आयोजना भइरहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्