२६ असार २०८३, शुक्रबार

नौ महिनादेखि अन्तरिक्षमा अड्किएका सुनिता र विल्मोरलाई फिर्ता ल्याउन रकेट प्रक्षेपण

चैत २, २०८१
काठमाडौं
नौ महिनादेखि अन्तरिक्षमा अड्किएका सुनिता र विल्मोरलाई फिर्ता ल्याउन रकेट प्रक्षेपण

स्पेस एक्सले अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन नयाँ रकेट प्रक्षेपण गरेको छ।

दुवै अन्तरिक्ष यात्री आठ दिन मात्रै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्या आएपछि उनीहरू पछिल्लो नौ महिनासम्म अन्तरिक्षमै रोकिएका छन् ।

नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको दुई दिनपछि अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्कने यात्रा शुरू गर्नेछन् । नासाका कमर्शियल क्रु प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिसनबाट आफू निकै खुसी भएको बताएका छन् ।

सुनिता विलियम्स र बुच विल्मोरले जुन ५, २०२४ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा परीक्षण मिशनका लागि उडान भरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्