
डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
शिखर नगरपालिका-७ उजेली गाउँ बस्ने ३८ वर्षीय मानबहादुर कुँवरलाई भरुवा बन्दुक एक थानसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मानबहादुरको घरमा अवैध हतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिलतालीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।