१४ असार २०८३, आइतबार

‘उपयुक्त समयमा भूमिसम्बन्धी अध्यादेश संसद्मा पेस हुन्छ’

चैत २, २०८१
चितवन
‘उपयुक्त समयमा भूमिसम्बन्धी अध्यादेश संसद्मा पेस हुन्छ’

 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गर्ने बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले केही अध्यादेश पारि गरिबी निवारण  भइसकेका र अब सो अध्यादेश आवश्यकतानुसार पेस हुने बताए । 

मन्त्री अधिकारीले भने, “सरकारले कुनै न कुनै बाटोबाट ल्याउँछ । ६० दिन पुगे पनि अरू बाटाहरू पनि छन् । राष्ट्रियसभामा बहुमत पुग्नासाथ अध्यादेश पेस हुन्छ । सरकारले गरेका कामलाई सधैँ नकारात्मक दृष्ट्रिले मात्रै हेर्न हुँदैन ।” उनले सरकार गरिब तथा सुकुम्वासीको समस्या समाधानका लागि काम गर्न तत्पर रहेको भन्दै फाइदा–बेफाइदा हेरेर धारणा बनाउँदा समस्या भएको जिकिर गरे । 

मन्त्री अधिकारीले सहकारीसम्बन्धी समस्या समाधानका लागि ल्याएको अध्यादेश पारित भएर कानुन बन्ने क्रममा रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्