१४ असार २०८३, आइतबार

सुनचाँदीकै मूल्य सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

चैत ३, २०८१
काठमाडौं
सुनचाँदीकै मूल्य सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७४ हजार ५०० मा कारोबार भएकामा आज प्रतितोला रु ४०० ले घटेर एक लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ मा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी दुई हजार ५० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्