०३ असार २०८३, बुधबार

प्रचण्डको फोटो जलाएको आरोपमा राप्रपानिकट युवा संगठनका नेता पक्राउ

चैत ३, २०८१
काठमाडौं
प्रचण्डको फोटो जलाएको आरोपमा राप्रपानिकट युवा संगठनका नेता पक्राउ

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रचण्डको फोटो जलाएको आरोपमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्वराज खड्काले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार चितवन प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

युवा संगठनका महासचिव बमले शनिबार हेटौंडामा माओवादी अध्यक्ष प्रचण्डको फोटो जलाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्