०२ असार २०८३, मंगलबार

फोटो जलाउँदैमा गिरफ्तार गरिनु उचित होइन : प्रचण्ड

चैत ३, २०८१
काठमाडौं
फोटो जलाउँदैमा गिरफ्तार गरिनु उचित होइन : प्रचण्ड
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रमा विरोधका विभिन्न रूपहरू हुने भन्दै तस्वीर जलाएको आधारमा गिरफ्तारी उचित नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

केही समयअघि राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको थियो । बमले हेटौंडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका थिए । कार्यक्रममा उनले ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै तस्वीर जलाएका थिए ।

बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनलाई उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्