०८ असार २०८३, सोमबार

त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने

चैत ४, २०८१
काठमाडौं
त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने

 त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने भएको छ। चैत ५ गतेका लागि तय भएको मितिमा तालाबन्दीका कारण सम्भव नभएपछि ८ गतेका लागि मिति तोकिएको हो।

निर्वाचन समितिले अवरुद्ध भएको तीन दिन थप गरी चैत ८ गतेका लागि निर्वाचनको मिति तय गरेको हो । 
नयाँ कार्यतालिका अनुसार उम्मेदवारको नाम फिर्ता लिने मिति चैत ४ गतेका लागि तोकिएको छ। त्यस्तै चैत ४ गते नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने चैत ८ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्