१३ असार २०८३, शनिबार

अमेरिकी हवाई आक्रमणमा ५३ विद्रोहीको मृत्यु, बदला लिने हुथी नेताको चेतावनी

चैत ४, २०८१
काठमाडौं
अमेरिकी हवाई आक्रमणमा ५३ विद्रोहीको मृत्यु, बदला लिने हुथी नेताको चेतावनी

हुथी विद्रोहीले अमेरिकी हवाई हमलामा मृत्यु हुनेको संख्या ५३ पुगेको बताएका छन्

अमेरिकी हवाई हमलामा मृत्यु हुनेको संख्या ५३ पुगेको यमनका हुथी विद्रोहीले बताएका छन् । विद्रोहीको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा पाँच बालबालिका पनि रहेको जनाएको छ ।

शनिबार अमेरिकाले हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई हमला गरेको बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा भएको जहाजमा हुथी विद्रोहीले गरेको हमलालाई हुथी विद्रोहीहरूविरुद्ध प्रत्यक्ष कारबाही गर्नुको कारण बताएका छन् ।

अमेरिकी पक्षले भने आक्रमणमा मारिनेमा केही प्रमुख हुथी विद्रोही पनि रहेको बताएको छ । यद्यपि हुथी विद्रोहीहरूले यसको पुष्टि गरेका छैनन् ।

यसैबीच, हुथी विद्रोही नेता अब्दुल मलिक अल-हुथीले यमनमा अमेरिकी आक्रमण जारी रहेसम्म हुथी विद्रोहीहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई निशाना बनाइरहने बताए।

salt training

कमेन्ट गर्नुहोस्