३१ जेठ २०८३, आइतबार

एमाले सांसदले ज्ञानेन्द्र शाहीलाई ‘मिस्टर’ भनेकोमा राप्रपाको आपत्ति, अपशब्द रेकर्डबाट हटाउन माग

चैत ४, २०८१
काठमाडौं
एमाले सांसदले ज्ञानेन्द्र शाहीलाई ‘मिस्टर’ भनेकोमा राप्रपाको आपत्ति, अपशब्द रेकर्डबाट हटाउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीलाई तिमी र मिस्टर भन्ने एमाले सांसद रघुजी पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

सो शब्द संसद्‌को रेकर्डबाट हटाउन राप्रपाले माग गरेको छ । 

सोमवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राप्रपा सांसद दीपकबहादुर सिंहले संसद्‌मा मर्यादाहीन अभिव्यक्ति बोलिएको भन्दै आपत्ति जनाएका हुन् ।

सांसद दीपकबहादुर सिंह । फाइल तस्वीर

‘हिजो संसद्‌मा राजतन्त्रको झुटो इतिहास सुनाएर ज्ञानेन्द्र शाहीलाई अपशब्द बोलेर मानहानि गरिएको छ । ‘ज्ञानेन्द्र शाही कर्णालीबाट जितेर आएका हुन्, उहाँले गठबन्धन र लठबन्दनभन्दा दोब्बर मत पाएर जित्नुभएको हो,’ सांसद सिंहले भने, ‘सांसद मर्यादाहीन तरिकाले पेश हुनु गम्भीर विषय हो, संसद्को रेकर्डबाट ती शब्द हटाएर जिम्मेवार बन्न आग्रह गर्छु ।’ 

यसअघि आइतवार प्रतिनिधि सभा बैठकमा आफू बोल्दै गर्दा नियमापत्ति गरेको भन्दै एमाले सांसद रघुजी पन्तले शाहीलाई जुम्लामा हा हु गरेजस्तो होइन, इतिहास पढेर आउ भनेर टिप्पणी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्