नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
समसामयिक राजनीति र आन्तरिक विषयमा छलफल गर्नका लागि देउवाले मंगलबार बस्नेगरी बैठक बोलाएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।
‘समसामयिक राजनीति र आन्तरिक राजनीतिको विषयमा छलफल गर्न सभापतिले पदाधिकारीको बैठक बोलाउनुभएको छ,’ यादवले लोकान्तरसँग भने, ‘बैठक सभापतिको निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्नेछ ।’
पछिल्लो समय राजावादीहरू सक्रिय हुन थालेपछि पार्टीले यसबारेमा पनि छलफल गर्ने यादवले जानकारी दिए ।
सत्तारुढ दल एमालेले पनि आजै सचिवालय बैठक बोलाएको छ ।