०६ असार २०८३, शनिबार

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ

चैत ४, २०८१
बाँके
८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ परेका छन् । 

बालिका बलात्कारको आरोपमा बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २५ वर्षीय निमबहादुर विकलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । 

विकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्