
नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्न काठमाडौं महानगरपालिकाले विद्यालयहरूलाई सचेत गराएको छ ।
महानगरले शैक्षिक सत्र शुरू नभई नियमावली विपरीत विद्यार्थी भर्ना नगर्न/नगराउन सचेत गराएको हो ।
कतिपय विद्यालयले शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो आएकाले त्यसो गरेको पाइए कानूनी कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले सोमबार महानगरभित्रका सबै विद्यालयलाई पत्राचार गर्दै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६)लाई स्मरण गराएका छन् ।
जुन व्यवस्था अनुसार कसैले पनि शैक्षिक सत्र शुरू नभई विद्यार्थी भर्ना गर्न गराउन पाइँदैन ।
