०८ साउन २०८३, शुक्रबार

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

चैत ४, २०८१
काठमाडौं
हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न दुई पक्षबीच सम्झौता भएको हो । 

बैंक तथा कोषबीच भएको यस सम्झौता अनुसार योगदानकर्ताहरूले हिमालयन बैंकमा खाता खोली बैंकले प्रदान गर्दै आएको हिमाल रेमिट, मोबाइल बैंकिङ वा कार्डमार्फत् सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन् । 

बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाका अनुसार यसरी योगदानकर्ताहरूले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ । 

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे । 


 

salt training

कमेन्ट गर्नुहोस्