०१ असार २०८३, सोमबार

राहुघाट जलविद्युत् आयोजनामा तालाबन्दी

चैत ४, २०८१
म्याग्दी
राहुघाट जलविद्युत् आयोजनामा तालाबन्दी

म्याग्दीङको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा स्थानीयले आज तालाबन्दी गरेका छन् । 

दुर्घटनामा परी ज्यान गुमाएका मजदुरका आफन्त र गाउँलेले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माण भइरहेको राहुघाट जलविद्युत् आयोजनाको कार्यालयमा आज तालाबन्दी गरेका हुन् ।

रघुगङ्गा–४ बुक्लस्थित राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ मा गत फागुन २९ गते ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सको डिपी टुए ७०८३ नम्बरको मिस्कर सडकबाट ८० मिटर तल खसेर दुर्घटना हुँदा चालक बेनी नगरपालिका–२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको घटनास्थलमा मृत्यु भएको थियो । 

निर्माण कम्पनी र आयोजनाले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध नगराएपछि पिप्लेस्थित रघुगङ्गा हाइड्रोपावरको कार्यालयमा ताला लगाइएको बेनी–२ का पूर्ववडाध्यक्ष हिराबहादुर थापाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्