१८ असार २०८३, बिहीबार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा ‘संयुक्त जनआन्दोलन’ घोषणाबारे छलफल हुने

चैत ५, २०८१
काठमाडौं
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा ‘संयुक्त जनआन्दोलन’ घोषणाबारे छलफल हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने तय भएको छ । 

राजा फर्काउन भन्दै राजावादीहरूले पूर्वपञ्च नवराज सुवेदीलाई अघि सारेर सोमबार ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेको सन्दर्भमा यसबारे बैठकमा छलफल हुने एक नेताले बताए । 

सो समितिको निर्देशक समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि राखिएको छ । तर, लिङ्देनले सल्लाहबिनै समिति भएकाले आफू नरहेको बताइसकेका छन् । 

तर, राप्रपाकै पशुपति शमशेर राणा, डा प्रकाश चन्द्र लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतका नेताहरू समितिमा रहेको र उनीहरूले समितिलाई पनि स्विकारिसकेकाले राप्रपाभित्र तरङ्ग उत्पन्न भएको छ । 

यही विषयले पार्टीभित्र तरङ्ग समेत उत्पन्न भएकाले आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्