२० असार २०८३, शनिबार

केन्द्रीय सरकारका नेतृत्वको आलोचना गर्ने रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ : पोखरेल

चैत ५, २०८१
काठमाडौं
केन्द्रीय सरकारका नेतृत्वको आलोचना गर्ने रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ : पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली समाज प्रशंसाको संस्कृतिबाट विमुख हुँदै गएको टिप्पणी गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले केन्द्र सरकारको बजेटबाट सम्पन्न योजनाको फोटो राखेर स्थानीय जनप्रतिनिधिको प्रशंसा गर्ने प्रचलन रहेको टिप्पणी गरेका हुन् । 

उनका अनुसार यसअघि यस्तो प्रचलन काठमाडौं महानगरपालिकामा थियो । अहिले यो रोग अन्यत्र पनि सकेको उनको भनाइ छ । 

'केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ ! ? जसको काम उसको प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ, नेपाली समाज ?' उनले लेखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्