२१ जेठ २०८३, बिहीबार

सुनिता र बुचले ९ महिनापछि अन्तरिक्ष छोडे, १७ घण्टापछि पृथ्वीमा आइपुग्ने

चैत ५, २०८१
काठमाडौं
सुनिता र बुचले ९ महिनापछि अन्तरिक्ष छोडे, १७ घण्टापछि पृथ्वीमा आइपुग्ने

स्पेसएक्सको स्पेसक्राफ्ट ड्र्यागन अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट अलग अर्थात् अनडक गरिएको छ। अन्तरिक्ष यानबाट १७ घण्टाको यात्रापछि अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किनेछन् । यो फिर्ताको अनुमानित समय हो।

यिनीहरूबाहेक नासाका अन्तरिक्ष यात्री निक होग र रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोस अन्तरिक्ष यात्री अलेक्ज्याण्डर गोर्बुनोभ पनि सँगै फर्कनेछन् ।

सुनिता र बुच ५ जुन २०२४ मा परीक्षण वाहन स्टारलाइनरमा अन्तरिक्षतर्फ उडेका थिए। त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तयारीमा थिए तर,  गडबडीका कारण फर्किन सकेनन् । 

नासाले मौसमको अवस्थाका आधारमा स्प्लासडाउनको स्थान निर्धारण गरिने जनाएको छ।

सुनिताले अहिलेसम्म ९ पटक स्पेसवाक गरिसकेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्