२१ असार २०८३, आइतबार

अरु क्याम्पसमा स्ववियु चुनाव, आरआरमा तालाबन्दी र प्रदर्शन [तस्वीरहरू]

चैत ५, २०८१
काठमाडौं
अरु क्याम्पसमा स्ववियु चुनाव, आरआरमा तालाबन्दी र प्रदर्शन [तस्वीरहरू]

रत्नराज्य (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन गराउनुपर्ने माग राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ । 

नेविसंघ आवद्ध विद्यार्थीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग राख्दै आरआर गेट अगाडि नाराबाजीसहित प्रदर्शन गरेका हुन् । 

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज मंगलबार स्ववियु निर्वाचन भइरहेको छ ।  

सोही निर्वाचन कार्यक्रम अन्तर्गत आरआरमा पनि निर्वाचन हुनुपर्ने थियो । तर, सोमबार मध्यराति नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेपछि विवाद बढेको छ । 

क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि संगठनले माग गरेको छ ।

अनेरास्ववियुले तालाबन्दी गरेपछि नेविसंघले निर्वाचनको माग राख्दै प्रदर्शन गरेको हो । 

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्