
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा मंगलबार चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान शुरू भएको छ ।
सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान थालेको हो ।
सिचुवान एयरलाइन्सको ए३१९ (A319) विमानले चालक दल, १२६ यात्रुसहित मंगलबार पहिलो व्यावसायिक चार्टर उडान सफलतापूर्वक सम्पन्न गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।