
नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा जारी छ ।
समसामयिक विषयमा छलफल गर्नका लागि सभापति देउवाले पदाधिकारीको बैठक बोलाएका हुन् ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले समसामयिक विषयमा छलफल गर्न बोलाइएको पदाधिकारी बैठक जारी रहेको जानकारी दिइन् ।
पछिल्लो समय राजावादीको सक्रियता, संसद्का गतिविधि, सरकारका कामकारबाही, पार्टीको आन्तरिक विषय लगायतमा छलफल गर्न देउवाले पदाधिकारीको बैठक बोलाएका हुन् ।