११ साउन २०८३, सोमबार

परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिन रिहाइको पहल गरिदिन आग्रह

चैत ५, २०८१
काठमाडौं
परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिन रिहाइको पहल गरिदिन आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्‌का वरिष्ठ निर्देशक रिकी गिलसँग भेटवार्ता गरेकी छन् । 

भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबीच मंगलबार साइडलाइन भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल-अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीसँगै मन्त्री डा. देउवाले हमासको नियन्त्राणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरेको उनको सचिवालयले जनाएको छ । 

विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको स्मरण गराउँदै उनले विपिनको रिहाइका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको दोहोर्‍याइन् । 

इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिनलाई सन् २०२३ को अक्टोबरमा हमासले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए । उनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ ।

विश्वका नेता एवं आफ्ना समकक्षीहरूसँगको भेटमा मन्त्री डा. देउवाले विपिन रिहाइका लागि सहयोगको याचना गर्दै आएकी छन् ।

भेटवार्ताका क्रममा वरिष्ठ सुरक्षा निर्देशक रिकीले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्