०८ असार २०८३, सोमबार

कार्यालयमा कपडा नै नलगाई काम गर्छन् यो देशका कर्मचारी

कात्तिक २०, २०७४
 कार्यालयमा कपडा नै नलगाई काम गर्छन्  यो देशका कर्मचारी

युरोपेली मुलुक बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको भाषण सुनेर त्यहाँका नागरिक आजकल अफिसमा नांगै बसेर काम गर्न थालेका छन् ।

पाँचौं बेलारुसी जनता भेलामा बोल्दै राष्ट्रपति लुकाशेन्कोले देश विकासका लागि सूचना प्रविधिको विकास, निजीकरणका बारेमा कुरा गर्दागर्दै जनतालाई काम गर्न प्रेरित गर्नका लागि भने, “हाम्रो जिन्दगीको कुरा सरल छ, लुगा खोलेर पसिना चुहाउने गरी काम गर्नुपर्छ ।”

आफ्ना राष्ट्रपतिको यो प्रेरणादायी भनाइ आत्मसात गरेको देखाउन बेलारुसीहरूले कार्यालयमा नांगै बसेर काम गर्न थालेका छन् । बेलारुसी कर्मचारीले अफिसमा नांगै बसेर काम गरेका फोटोहरू अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन थालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्